गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले जन्माष्टमीको शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, भगवान कृष्णका शिक्षाहरू सबैका लागि कालातीत सान्दर्भिक छन्।
धार्मिकतालाई कायम राख्न र इच्छाभन्दा कर्तव्यमा ध्यान केन्द्रित गर्न उहाँको आह्वान हामी सबैको लागि प्रेरणाको स्रोत हो। उनले सिक्किमका जनतालाई यस उत्सवको प्रेम, करुणा र नि:स्वार्थ सेवाको सन्देशलाई अंगाल्न प्रेरित गर्दै राज्य अनि राष्ट्रको प्रगतिको निम्ति एकजुट बन्न आह्वान गरेका छन्।
मुख्यमन्त्री तामाङले सबैलाई भगवान कृष्णले देखाएको पुण्य मार्गप्रति समर्पित बन्न तथा हाम्रा सह नागरिकहरूको कल्याणको निम्ति योगदान गरेर हाम्रो समाज र राष्ट्रलाई बलियो बनाउन आह्वान गरेका छन्। उनले धार्मिक कार्य र नैतिक अखण्डतामाथि भगवान कृष्णको गहिरो शिक्षाले हामी प्रत्येकलाई हाम्रो समाजका नैतिक आधारहरू बलियो बनाउन प्रेरित गरुन् भनी कामना पनि गरेका छन्।