सीड सेलको पहलमा विद्यार्थी उद्यामी सचेतना कार्यक्रम

IMG-20240825-WA0280

गान्तोक: सिक्किम एन्टरप्रिनियर एण्ड इकोनमिक्स डेभलोपमेन्ट (सीड) सेलको पहलमा शनिबार चिसोपानीको सीसीसीटीमा विद्यार्थी उद्यामी सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य वर्तमान स्थितिमा विद्यार्थीहरूलाई उद्यमशीलता पारिस्थितिकी प्रणालीको बारेमा सचेतना कार्यक्रम सिर्जना गर्ने उद्देश्यले इच्छुक विद्यार्थीहरूलाई उनीहरूको पाठ्यक्रम पछि यो करियरको बाटोमा जान उत्प्रेरित गर्ने उद्देश्यले जागिर खोज्ने भन्दा पनि रोजगारदाता बन्नको निम्ति प्रेरित गर्न आयोजना गरिएको हो। अन्तरक्रियात्मक सत्रमा विभिन्न उल्लेखनीय वक्ता र उद्यमीहरू समावेश थिए जसले विद्यार्थीहरूसँग आफ्नो ज्ञान र अनुभव साझा गरे।

यस अवसरमा सीड सेलका मुख्य समन्वयक राज लामा, परियोजना निर्देशकार रिवाज छेत्री,राज्य समन्वयक स्मिता राई र जिल्ला समन्वयक प्रज्वल रेग्मीले विद्यार्थीहरूलाई उद्यामी बन्ने प्रक्रिया र तरिकाबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement