गान्तोक: आधिकारिक भ्रमणमा दिल्ली पुगेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रीय सन्चार अनि पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग नयाँ दिल्लीमा उनको सरकारी निवासमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले मन्त्रीको पदमा नियुक्त बनेका सिन्धियालाई बधाई एवम शुभकामना दिए। यस अवसरमा मुख्यमन्त्रीले मङ्गन अनि नाम्ची जिल्लाका अस्पताल साथै गान्तोक जिल्लामा मेडिकल कलेजका लागि आर्थिक सहयोगको माग गर्दै ज्ञापनपत्र चढाए। केन्द्रीय मन्त्रीले यी महत्त्वपूर्ण पहलहरूलाई समर्थन गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनको सकारात्मक र प्रोत्साहनजनक प्रतिक्रियाको लागि कृतज्ञता प्रकट गरेका छन्।