देउराली कन्या वरिष्ठ विद्यालयमा नेपाली भाषा दिवसको पूर्व समारोह आयोजित

IMG-20220819-WA0231.jpg

गान्तोक: देउराली कन्या वरिष्ठ विद्यालयमा हिजो ३१औं नेपाली भाषा दिवस भव्य रूपमा पालन गरियो। यस अवसरमा विद्यार्थीहरुद्वारा छोटो नाटक प्रस्तुत गर्दै नेपाली भाषाको महत्त्व बुझाए तथा २० अगस्तलाई सिक्किम सरकारद्वारा विदा घोषणा गरिएको विषयलाई पनि प्रकाश पारे। विद्यालयकी प्राचार्य अनीता काफ्लेले २० अगस्त १९९२ को महत्त्व र हरेक वर्ष यस दिनको गरिमा र गौरवमाथि प्रकाश पार्दै सिक्किमका सबै सरकारी संस्थानहरुमा विदा घोषणा गरिएको जानकारी दिँदै विद्यार्थीहरुलाई यस दिनको महत्त्व बुझेर भाषाको संरक्षण र संवर्द्धन गर्न आह्वान गरिन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement