भागोप, सिक्किम शाखाले पालन गऱ्यो बलिदान दिवस

IMG-20240825-WA0277

गान्तोक: भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको पहलमा आज पाकिम जिल्लाको डुगास्थित सनराइज एकाडेमीमा बलिदान दिवस पालन गरियो। यस अवसरमा राज्यका ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री अरूण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अरुण उप्रेतीले भारत स्वतन्त्रता संग्राममा गोर्खा समुदायको बलिदानलाई सम्मान गर्ने दिनको रुपमा रहेको बलिदान दिवसको महत्वबारे जानकारी गराए। उनले स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रका लागि उनीहरुको योगदानलाई स्मरण गर्नुपर्ने सुझाउ दिए।

कार्यक्रमको क्रममा, ४ अक्टोबर २०२३ मा आएको बाढीमा महत्त्वपूर्ण भूमिका खेल्ने तृणमुलस्तरका सरकारी कर्मचारीहरू र व्यक्तिहरूसँगै सिक्किममा सर्वोच्च रक्तदातालाई मान्यता र सम्मान गर्न गर्न पाउँदा कृतज्ञता प्रकट गरे। कार्यक्रममा सनराईज एकादमीका विद्यार्थीहरूद्वारा सांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement