गान्तोक: सिक्किम फूटबल एसोसिएसन (एसएफए)-को तत्वावधानमा यहाँको पाल्जोर स्टेडियममा आयोजना भइरहेको बी डिभिजन एस लीगअन्तर्गत आज एउटा मात्र म्याच सम्पन्न भयो। सिङताम जुब्ली भिल्ला एफसी र सञ्जु फूटबल एकाडेमीबीच भएको म्याचमा सिङताम जुब्ली भिल्ला एकाडेमी २को विरुद्ध ४ गोलले विजयी बन्यो।
विजेता सिङ्गताम जुब्ली भिल्ला एकाडेमीको पक्षमा विनोद तामाङले दुइ गोल गरे भने आदर्श छेत्री र सामेक हाङ लिम्बूले एक-एक गोल गरे। अर्कोतिर सञ्जु फूटबल एकाडेमीको पक्षमा तेञ्जिङ लेप्चा र ओमा हाङ सुब्बाले एक-एक गोल गरे।