नयाँ दिल्ली: भारतकी युवा शट्लर तन्वी पत्रीले ब्याडमिण्टन एशिया अण्डर-१७ र अण्डर-१५ जूनियर च्याम्पियनशीपमा अण्डर-१५ बालिका वर्गमा एकल खिताब जितिन्। बालिका वर्गको फाइनलमा भारतकी शीर्ष वरीयता प्राप्त १३ वर्षीय तन्वीले दोस्रो वरीयता प्राप्त भियतनामकी थि थू हुयेन गुयेनलाई सीधा गेममा २२-२०, २१-११-ले पराजित गरिन्। म्याच ३४ मिनटसम्म चल्यो। तन्वी यस जीतको साथै सामिया इमाद फारुकी र तस्नीम मीरकी सूचीमा सामेल भइन्, जसले क्रमशः २०१७र २०१९-मा अण्डर-१५ बालिका वर्गको एकल खिताब जितकी थिइन्। तन्वीले पूरा टुर्नामेण्टमा पाँचवटा म्याच खेलेर एउटा गेम पनि गुमाइनन्। यसरी भारतले यस प्रतियोगितामा एउटा स्वर्ण र एउटा काँस्य पदक जित्यो। यसअघि ज्ञान दत्तू टीटी-ले शनिवार अण्डर-१७ बालक वर्गको एकल स्पर्धामा काँस्य पदक जितेका थिए। तन्वीले खिताब जितेपछि भनिन्, म यस्तै प्रदर्शनको आशा लिएर खेल्न आएकी थिएँ अनि स्वर्ण पदक जितेर खुशी छु। म यसरी तेजीको साथ सिक्दै सीनियर वर्गमा खेल्न चाहन्छु।