सिलगढी: सिलगढीको छोटाफाप्री सुनाखरी समाजले आज बलिदान दिवसको छेक पारेर रक्तदान तथा आँखा जाँच शिविर आयोजना गर्यो।समाजको निजी भवनमा आयोजना गरेको शिविरमा समाजलाई सिलगढ़ी तराई लायन्स ब्लड सेन्टर र सिलगढ़ी लायन्स हाम्रो संस्कारले सहकार्य गरेका थिए।आँखा जाँच अवधि एकसयभन्दा धेरै मानिसहरूले आँखाको जाँच गराए भने रक्तदान शिविरमा पचासजनाभन्दा धेरै मानिसहरूले रक्त दान गरे।प्रतिकूल मौसम रहे तापनि रक्तदान शिविरमा मानिसहरूको उत्साहवर्धक सहभागिता रहेको देखिन्थ्यो।नि:शूल्क जाँच गरिएको उक्त आँखा जाँच शिविरमा एकतिस जनालाई सिलगढ़ी लायन्स हाम्रो संस्कारद्वारा आँखाको औषधि र नि:शूल्क चश्मा दिइयो। यसको साथै आँखा सम्बन्धी गम्भीर समस्या पाइएका रोगीहरूलाई शल्यचिकित्साको निम्ति पनि चिह्नित गरिएको छ। शिविरमा आयोजक समाजका अध्यक्ष दावा तामाङ, मूलसचिव शङ्कर छेत्री, कोषाध्यक्ष अनुप योञ्जन लगायत अन्य पदाधिकारीगण, कार्यकारिणी समितिका सदस्यगण लगायत समाजका साधारण सदस्य सदस्यागण, सिलगढ़ी तराई लायन्स ब्लड सेन्टरका प्रमुख लायन अशोक शर्मा, ब्लड ब्याङ्क क्याम्प प्रमुख लायन सुरेन्द्र जैन, सिलगढ़ी हाम्रो संस्कारका प्रमुख लायन दीपक छेत्री आदि उपस्थित थिए।
स्मरण रहोस्, स्थानीय मानिसहरूको रक्तदानप्रतिको स्वेच्छा र आँखा सम्बन्धी समस्याहरूलाई ध्यानमा राखी बलिदान दिवसको छेक पारेर छोटाफाप्री सुनाखरी समाजले यस प्रकारको स्वास्थ्य विषयक कार्यक्रम आयोजना गरेको हो।लाभान्वित मानिसहरूले समाजको यस प्रकारको पहिलो पहललाई नै खुलेर सराहना गरेका छन्।