अन्तर कार्यालय फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा खरसाङ हाइड्रो र खरसाङ महकुमा अस्पताल बिजय

IMG-20240825-WA0255

खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा खरसाङ हाइड्रो र खरसाङ महकुमा अस्पताल बिजय बनेको छ। दोस्रो दिनको पहिलो खेल डब्ल्युबीईएसएल विद्युत विभाग (हाइड्रो) र खरसाङ एसडीजीएम, कोर्टमाझ सम्पन्न भएको थियो। यस खेलमा विद्युत् विभाग (हाइड्रो) ले कोर्टलाई शून्यको विरुद्ध ४ गोलले पराजित गरेको छ।

त्यसरी नै दोस्रो खेलमा खरसाङ महकुमा अस्पतालले सेन्ट अगस्टिन स्कूललाई १ गोलको विरुद्ध १२ गोलले ठूलो अन्तरले परास्त गरेको छ। दोस्रो दिनको खेलमा प्रमुख अतिथिको रुपमा समाजसेवी टीटी लामा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा धुर्व प्रधान अनि धुर्व बराइली उपस्थित थिए। यसको साथै पराजित दलहरुलाई खेलमा अंश ग्रहणको निम्ति खरसाङ फुटबल एसोसिएशनको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो।

आजको खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रमोद प्रधान अनि दावा डोमा, सहायकहरु दिव्यश्री गुरुङ अनि प्रशान्त राई, फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement