खरसाङ: खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा खरसाङ लगायत वरिपरिका मानिसहरूका लागि मेडिकल सेमिनार आयोजना गरिएको छ। फ्यामिली मेडिको नयाँ बजारको आयोजना र आस्था हस्पिटल सिलढीको सह आयोजनामा सम्पन्न उक्त मेडिकल सेमिनारमा विभिन्न रोग विशेषज्ञ डाक्टरहरू उपस्थित रहेका थिए। विशेष गरेर समीरदीप ब्लोन अनि अल्फ्रेट तामाङको तत्परतामा खरसाङमा उक्त मेडिकल सेमिनारको आयोजना गरिएको छ। कार्यक्रममा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, सभासदद्वय सुवास प्रधान र नुरी शेर्पा पनि उपस्थित रहेका थिए। कार्यक्रममा आस्था हस्पिटल सिलगढीका डाक्टरहरू क्रमैले डा. विवेक गौरव, डा. सुमन गुप्ता, डा. विनीत कुमार खेमका, डा विकास सिहं आदि उपस्थित भएर विभिन्न रोगहरू विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए। डाक्टरहरूको वक्तव्यबाट विभिन्न स्थानहरूबाट आएका मानिसहरू लाभान्वित बनेको जानकारी प्राप्त भएको छ। प्रनिता मुखिया घिसिङद्वारा सञ्चालित कार्यक्रममा उपस्थित जनसाधारहरूले विभिन्न रोगहरू र यसको निवारण साथै दबाईहरू विषयमा उपस्थित डाक्टरहरूलाई जिज्ञासापूर्ण प्रश्नहरू राखेका थिए भने उपस्थित डाक्टरहरूले जनसाधारणको प्रश्नहरूको उत्तर पनि दिएका थिए। यस कार्यक्रममा क्षय रोग, मिर्गौला रोग, छालाको रोग लगायत अन्य विभिन्न रोगहरूका विशेषज्ञ डाक्टरहरू उपस्थित रहेका थिए।

यस कार्यक्रममा खरसाङ लगायत तीनधारे, घैयाबारी, महानदी, गिध्द पहाड़, सन्त मेरिज, मङ्पु, टिस्टा, पेशोक लगायत विभिन्न स्थानहरूबाट मानिसहरू उपस्थित रहेका थिए। यस कार्यक्रममा जानकारी गराइए अनुसार खरसाङको नयाँ बजारस्थित फ्यामिली मेडिकोमा या विभिन्न रोग विशेषज्ञ डाक्टरहरू पनि खरसाङ क्षेत्रका मानिसहरूका लागि बस्ने भएको जानकारी प्राप्त भएको छ। यस्तो साथै यही टिमले भविष्यमा विभिन्न स्थानहरूमा स्वास्थ्य जाँच शिविरको आयोजना पनि गर्ने भएको छ। यसरी नै चियाबारी क्षेत्रहरूमा पनि स्वास्थ्य जाँच शिविर आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा खरसाङ क्षेत्रका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको थालनी दीप प्रज्वलन गरी साथै उपस्थिति़ विशेषज्ञ डाक्टरहरूलाई खदार्पण गरेर स्वागत जनाएर शुरु गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रममा आर्थिक रूपमा विपन्न परिवारका मानिसहरूको आस्था हस्पिटल सिलगढीमा उपचार सठीक रूपमा हुने गरेको र सबैलाई सठीक र सही रुपमा उपचार हुने पनि जानकारी गराइएको जानकारी प्राप्त भएको छ।