केन्द्रिय जनजाति मामिला राज्यमन्त्रीद्वारा नाम्ची जिल्ला अन्तर्गत सुन्तलेमा एकलव्य आदर्श आवासीय स्कूल भवनको उद्घाटन

IMG_20220819_222030.jpg

गान्तोक: केन्द्रिय जनजाति मामिला राज्यमन्त्री श्रीमती रेनुका सिंहद्वारा सिक्किमको दोस्रो दिनको भ्रमणको क्रममा आज नाम्ची जिल्ला अन्तर्गत सुन्तलेमा एकलव्य आदर्श आवासीय स्कूल (आएमआरएस) भवनको उद्घाटन गरियो। यस अवसरमा राज्यका समाज कल्याण मन्त्री डा. एमके शर्मा, लोकसभा सांसद इन्द्रहाङ सुब्बाका अतिरिक्त विधायकगण अनि राज्य सरकारका अधिकारी तथा क्षेत्रका पञ्चायत सदस्यहरू पनि उपस्थित थिए।
यस अवसरमा बोल्दै राज्यमन्त्री श्रीमती सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्त्वमा सिक्किमका जनमानसको निम्ति प्रदान गरिएका विभिन्न विकासीय योजनाबारे प्रकाश पारिन्। पूर्वोत्तर क्षेत्रका जनमानसको कल्याणप्रति मोदी सरकारी प्रतिबद्ध रहेको उल्लेख गर्दै भव्य स्वागतको निम्ति उनले नाम्ची जिल्लावासीको पनि सराहना गरिन्।
जिल्लामा जनजाति समुदायका बाल-बालिकालाई उत्तम स्कूले शिक्षा प्रदान गर्ने उद्देश्यका साथ एकलव्य आदर्श आवासीय स्कूलहरूको स्थापना गरिन्छ भने हाल सिक्किममा चारवटा यस्ता स्कूल सफलतापूर्वक परिचालन भइरहेको छ।

सिक्किममा निवासको क्रममा केन्द्रिय राज्यमन्त्री श्रीमती सिंहले राज्यपाल गङ्गा प्रसादका साथमा मुख्यमन्त्री प्रेमसिंह तामाङसँग पनि भेटवार्ता गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement