सोनादामा ड्रग्समाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

IMG-20240825-WA0242

अब हामी झण्डाको पछाड़ी नलागेर समाज परिवर्तनको लागि अघि आउनुपर्छ: अनोश थापा

सोनादा: अप्पर सोनादा ग्राम पञ्चायतको आयोजनामा बलिदान दिवसको अवसरमा सोनादामा ड्रग्समाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापा उपस्थित रहेका थिए। पञ्चायत समिति सदस्य बबिन्द्र राई अनि प्रतिमा गुरूङले सञ्चालन गरेको कार्यक्रममा ड्रग्समाथि वक्ताहरूले सचेतना गराएका थिए। कार्यक्रममा वी राइस फाउण्डेशन सालबारीका सदस्यहरूले ड्रग्समाथि सचेतना नाटक प्रस्तुत गरेका थिए। यसको साथै वी राइस फाउण्डेशनको संस्थापक आनन्द गुरुङले ड्रग्समाथि सचेतनामूलक वक्तव्य राख्दै ड्रग्स सेवनबाट टाड़ा रहनु पर्ने र यस विषयमा अभिभावकहरू पनि एकदमै सचेत रहनु पर्ने बताएका छन्। कार्यक्रममा सोनादा ट्राफिक ओसी सबिन दर्नालले ड्र्ग्स अनि ट्राफिक सचेतना विषयमा वक्तव्य राखेका थिए। उनले बाइक हाक्ने साना युवाहरूलाई हेलमेटको प्रयोग गर्नु पर्ने सुझाव दिन्दै युवाहरूले पुलिसलाई थप्नु मात्रै हेलमेट लगाउने गर्छन् साथै चालकहरूले पनि पुलिसलाई देखेर मात्र सिट बेल्ट लगाउँछन् तर पुलिस त केवल रक्षक मात्र हो तर बाँच्नुलाई आफै सचेत रहनु पर्ने बताएका छन्। उनले आफ्नो जीवन बचाउन सबैले हेलमेट र सिट बेल्ट लगाउने आह्वान् पनि गरेका छन्।

कार्यक्रममा फिल्म निर्देशक, गायक, संगीतकार एंव कलाकार अन्मोल गुरूङले पनि ड्रग्समाथि सचेतना गराएका थिए। उनले युवाहरूलाई सिर्जनात्मक कार्यमा अघि बढ्नु पर्ने र ड्रग्सको कुलतबाट टाड़ा रहनु पर्ने आग्रह गरेका छन्। कार्यक्रममा कलाकार अन्मोल गुरूङ र वी राइस फाउण्डेशन सालबारीका संस्थापक आनन्द गुरुङलाई आयोजक समितिको तर्फबाट सम्मान पनि जनाइएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कार्यकारी सभासद अनोश थापाले आफ्नो वक्तव्यमा नेताको झण्डाले हामीलाई केवल झण्डी मात्र बनायो र अब झण्डी हुनु हुँदैन तर समाज परिवर्तनको लागि अघि आउनुपर्छ भनी बताएका छन्। उनले कुनै नेताको झण्डाको पछि लागेर मेरिमेट्नु हुँदैन भन्दै हामीले हेरिसकेका छौं कि नेताहरूले दिनभरि गोर्खाल्याण्ड भन्छ अनि रात परेपछि फेरि लालकोडीको चौकी ताक्छ अनि लालकोडीको बाटो पाएपछि नेताको उद्देश्य पूरा हुन्छौ तर जनताको उद्देश्य पूरा हुँदैन। त्यसैले अब जनता सचेत हुनु पर्ने र समाजको उन्नतिको लागि लागि पर्नु पर्ने बताएका छन्।

कार्यक्रममा जीएमडीसी भुषाण शेर्पा, सोनादा पुलिस आउट पोष्टको ओसी अमीत रोय, डीआईओ जोरबंगलो अशोक छेत्री, सुखे खण्ड पञ्चायत समितिको सहकारी सभापति मनखुस राई, लोवर सोनादा ग्राम पञ्चायत प्रधान, गोराबारी ग्राम पञ्चायत प्रधान, मार्गरेट्सहोप ग्राम पञ्चायत प्रधान, मुण्डाकोठी ग्राम पञ्चायत प्रधान, प्लुलुनदुङ ग्राम पञ्चायत प्रधान, शिक्षा विभागबाट अञ्जु तामाङ, भुमि सुधार विभागबाट निमा भोटिया, खाद्य विभागबाट निकछेन लामा विवा गुरुङ, भागोप्रमो केन्द्रीय सदस्य एंव पञ्चायत समिति सदस्य सुमन बम्जन साथै सोनादा क्षेत्रका विभिन्न संघ संस्थाहरू प्रतिनिधिहरू, स्वनिर्भर दलहरूका सदस्याहरू, सोनादा क्षेत्रका जनसाधारण उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement