पाकिस्तानविरुद्ध पहिलो टेस्ट म्याचमा बंग्लादेशको ऐतिहासिक जीत

IMG-20240825-WA0227

रावलपिण्डी: बंग्लादेश क्रिकेट टीमले असाधारण प्रदर्शन गर्दै पहिलो टेस्ट म्याचमा आयोजक पाकिस्तानलाई १० विकेटले पराजित गरी इतिहास रच्यो। यो बंग्लादेशको टेस्ट क्रिकेटमा पाकिस्तानविरुद्ध पहिलो जीत हो। यसअघि यी दुई टीमबीच पुरुष टेस्ट क्रिकेटमा १३ पल्ट भिड़न्त भएको थियो अनि बंग्लादेशले एकपल्ट पनि जीत हासिल गर्न सकेको थिएन। एकसमय त पहिलो टेस्ट म्याच ड्र हुने लागिरहेको थियो तर पाँचौं तथा अन्तिम दिन पाकिस्तानको दोस्रो ईनिंग्स केवल १४६ रनमा समाप्त हुँदा बंग्लादेशलाई म्याच जित्न केवल ३० रन बनाउने लक्ष्य प्राप्त भयो। बंग्लादेशले पनि यस लक्ष्यलाई कुनै विकेट नगुमाइ हासिल गरी इतिहास रच्यो। यसरी पाकिस्तानले आफ्नो घरेलु मैदानमा टेस्ट क्रिकेटमा पहिलोपल्ट १० विकेटले हारको सामना गर्नु पऱ्यो। आइतवार म्याचको पाँचौं तथा अन्तिम दिन पाकिस्तानले आफ्नो दोस्रो ईनिंग्समा १ विकेटमा २३ रनको स्कोरदेखि अघि खेल्न शुरु गऱ्यो अनि त्यस समय उनीहरू बंग्लादेशभन्दा ९४ रन पछि थिए। रावलपिण्डी क्रिकेट स्टेडियमको ब्याटिंग सहायक पीचमा पहिलो ४ दिन केवल १७ विकेटको पतन भएको थियो अनि टेस्ट ड्र हुने लागिरहेको थियो तर बंग्लादेशका दुईजना स्पिनर मेहदी हसन र शाकिब अल हसनले उत्कृष्ट बलिंग गरेर बंग्लादेशलाई इतिहास रच्ने मौका प्रदान गरे। पाकिस्तानको दोस्रो ईनिंग्समा विकेटकीपर ब्याटर मोहम्मद रिजवान (५१ रन)-लाई छोड़ेर अन्य कसैले पनि छाप छोड़्न सकेनन्। ओपनर अब्दुल्ला शफीकले दोस्रो सर्वाधिक ३७ रन बनाए। बंग्लादेशबाट मिराजले ४ र शाकिबले ३ विकेट लिँदा पाकिस्तानको दोस्रो ईनिंग्स १४६ रनमा समाप्त भयो। त्यसपछि बंग्लादेशको दोस्रो ईनिंग्समा दुईजना ओपनर जाकिर हसन (अविजित १५) र शादमान इस्लाम (अविजित ९)-ले मिलेर जीतको औरपचारिकता पूरा गरे। यस टेस्ट म्याचमा पाकिस्तानले ६ विकेटमा ४४८ रन बनाएर पहिलो ईनिंग्स घोषित गरेको थियो। त्यसपछि बंग्लादेशले ५६५ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ११७ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि पाकिस्तानको दोस्रो ईनिंग्स १४६ रनमा समाप्त हुँदा बंग्लादेशलाई केवल ३० रन बनाउने लक्ष्य प्राप्त भएको थियो। बंग्लादेशको पहिलो ईनिंग्समा १९१ रन बनाउने मुश्फिकुर रहीमलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement