सिलगढी: हिजो भारतीय भू.पूर्व सैनिक ३/३ गोर्खा राइफल्सको भूतपूर्व सैनिकहरूको खोप्रेल तराजुबारी लिम्बु भवनमा अध्यक्ष भीमबहादुर थापा सालबारीको अध्यक्षतामा सभा सम्पन्न भयो। यस सभा सिक्किम, दार्जीलिङ, डुवर्स, कालेबुङ, तराईका भूतपूर्व सैनिकहरूलाई लिएर गरिएको थियो। भारतीय भूतपूर्व सैनिक ३/३ गोर्खा राइफल्सको यस सभामा बाक्लो उपस्थिति रहेको सभामा विशेषगरी विभिन्न विषयहरूमाथि सभामा छलफल गरियो। विशेषगरी यस सभाको मुख्य उद्देश्य ३/३ गोर्खा राइफलको भूतपूर्व सैनिकहरूको एउटा संस्थाको गठन गरिने विषयलाई लिएर गरिएको थियो भने यस सभामा ३/३ गोर्खा राइफल्सको कार्यरत सु.मे. मेजर कुलदिप थापा एवं नायक सुवेदार विनोद प्रधान जस्ता वीर सैनिकहरूको उपस्थिति रहेको थियो। सुवेदार मेजर कुलदीप थापाले ३/३ भूतपूर्व सैनिकको एउटा संस्था गठन गर्नुपर्छ भन्ने विशेष सुझाव राखेपछि यस सभाको मूल उदेश्य पनि यसै विषयलाई लिएर गरिएको थियो। किनकि भूतपूर्व ३/३ गोर्खा राइफल्सको संस्थाको गठन गर्न अति नै आवश्यक रहेको किनभने अन्य क्षेत्रीय स्थानहरूमा भूतपूर्व सैनिकहरूको एउटा दरिलो संस्था गठन भइसकेको छ। अनि उनीहरूले आज पर्यन्त धेरै कार्यहरू गरिसकेको सभामा बताउँदै यस भेकबाट पनि संस्था गठन गर्नु जरुरी रहेको उपस्थित प्रतिनिधिहरूले बताए।
सुवेदार मेजर अनरेरी क्याप्टन प्रदीप कुमार थापाले पनि आफ्नो वक्तव्य राख्दै यो संस्था गठन गर्नको निम्ति सदस्य लगायत एउटा ठोस कार्यकारणी सदस्यहरूको पनि चयन गर्नुपर्ने बताएl सभामा उपस्थित उच्च ओहोदामा रहेका भूतपूर्व सैनिकहरूले पनि आआफ्नो मन्तव्य राख्दै संस्था गठनको निम्ति जोड दिए भने संस्था को कार्य प्रणाली सठीक व्यवस्थापन हुनको निम्ति अर्थको आवश्यकता पर्न जान्छ भन्ने बताउँदै उक्त सभामा सर्वसम्मतिद्वारा अर्थ संकलन गरिने पनि प्रस्ताव पारित गरियो यसको साथै आज गठन गरिएको यस ३/३ जीआरको स्थापना दिवस प्रत्येक वर्ष १ अक्टोबरको दिन पालन गरिने पनि सभाले प्रस्ताव पारित गरेको छ। अनि सर्वसम्मतिद्वारा संस्थाको नामकरण ‘३/३ जी. आर.भू. पू.सैनिक संगठन’ राखिने सभाले प्रस्ताव पारित गरेका छन्।
संगठनको नामाकरण गरिएपछि सर्वसम्मतिद्वारा यस संस्थाका पदाधिकारी लगायत कार्यकर्ता जो यस प्रकार रहेको छ। अध्यक्ष अ. सु. मे. भीमबहादुर थापा, उपाध्यक्ष अ. सु. मे. हर्कबहादुर थापा। मूल सचिव अ. सु. मे. सन्तोष तामाङ सहसचिव क्याप्टन होमबहादुर गुरुङ, सह कोषाध्यक्ष अ. सु. मे. राजु गुरुङ, सह कोषाध्यक्ष हवल्दार विनय थापा, प्रमुख सल्लाहकार क्याप्टन प्रदीप कुमार थापा, सह प्रमुख सल्लाहकार सुवेदार रतन गुरुङ रहेका छन् भने सल्लाहकारको रुपमा सिक्किमबाट हवल्दार बिमल थापा, बिजनबारीबाट हवल्दार सन्तोष गुरुङ, दार्जीलिङबाट नायक दिनेश थापा, कालेबुङबाट नायक टिकाराम प्रधान, डुवर्सबाट हवलदार रोहित प्रधान अनि सिलगढी, बागडोग्रा, सालबारी, खोपरेल क्षेत्रको निम्ति नायक बुद्ध तामाङको चयन गरियो। सभाको अन्त्यमा तीन तीन गोर्खा राइफलको कार्यरत सुवेदार मेजर कुलदीप थापाको बाहुलीबाट सम्पूर्ण नवनिर्वाचित पदाधिकारी गण साथै कार्यकारणी सदस्यहरूलाई खदा अर्पण गरेर सम्मान जनाए। यस कार्यक्रमको सञ्चालन हवल्दार बिमल थापाले गरेका थिए भने नवनिर्वाचित सभापति सभा अध्यक्ष अ. सु. मे. भीमबहादुर थापाद्वारा उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै नवनिर्वाचित संगठनको निम्ति सम्पूर्णमा बधाई टक्राउँदै सभा सफल भएबापत सबैप्रति धन्यवाद पनि दिँदै कार्यक्रमको समापन गरे।