राज्यमन्त्री बुलुचिक बडाइकले गरे सडकको शिलान्यास

IMG-20240825-WA0188

जलपाईगढी: राज्यमन्त्री बुलु चिक बडाइकले आज डुवर्सको क्रान्ति ब्लकमा करिब २ करोड रुपियाँको लागतमा निर्माण हुने सडकको शिलान्यास गरे। आइतबार क्रान्ति ब्लकमा सडक निर्माण कार्यको शिलान्यास गरिएको छ। पश्चिम बंगाल सरकारको आदिवासी विकास विभागको आर्थिक स्वीकृति र सहयोगमा पीच रोडको निर्माण कार्य भइरहेको छ।

यो सडक माल सभाको क्रान्ति ब्लक अन्तर्गत चापाडाङ्गा ग्राम पञ्चायत र राजाडाङ्गा ग्राम पञ्चायतमा निर्माण गरिने छ। सडकको लम्बाइ १४०० मिटर छ, जसको कूल बजेट १,५१,८४,२०० रुपियाँ छ। मन्त्रीसँग क्रान्ति ब्लकका बीडीओ, क्रान्ति पंचायत समितिका अध्यक्ष, स्थानीय प्रमुख, पञ्चायत र क्रान्ति ब्लकका अन्य प्रतिष्ठित सामाजिक कार्यकर्ताहरू पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement