भुटान–बंगलादेशको सीमावर्ती गाउँपालिकामा डेङ्गु रोकथामका लागि स्वास्थ्य शिविर स्थापनासँगै मच्छरदानी  वितरण

IMG-20240825-WA0184

जलपाईगढी: डेंगुलगायत लामखुट्टेबाट सर्ने रोगबाट बच्न प्रकाश फाउन्डेसनका विशेष चिकित्सकले भुटान–बंगलादेश सीमावर्ती गाउँमा स्वास्थ्य शिविर आयोजना गरी लामखुट्टे मच्छरदानी वितरण गरेका छन्। शिविरमा चिकित्सकसँगै प्यारा मेडिकल स्टाफले पनि सक्रियतापूर्वक योगदान गरेका थिए। जलपाईगढी जिल्लाको भारत-भुटान सीमानामा रहेको चिया बगानको आदिवासी जनजाति क्षेत्रदेखि आसाम-बंगलादेश सीमा नजिकैको कोचबिहार जिल्लाको कनागली शहरसम्म लामखुट्टेबाट सर्ने डेंगु रोगको प्रकोप बढ्दै गएको छ र त्यसलाई ध्यानमा राखेर विशेष स्वास्थ्य शिविर शनिबार भारतभुटान सीमामा रहेको आदिवासी बहुल क्षेत्र चियाबारीमा आयोजित शिविरमा डेङ्गु रोकथाम कार्यक्रमसँगै स्वास्थ्य परिक्षण तथा औषधी वितरण समेत गरिएको थियो।

भारत, बंगलादेशको कोचबिहार जिल्लाको दिनहाटा शहरको रेलवे स्टेशन छेउछाउमा बसोबास गर्ने नागरिकमा डेंगुबाट बच्न आइतबार पनि लामखुट्टेको जाली वितरण कार्यक्रम आयोजना गरिएको थियो।  प्रकाश फाउण्डेसनका अध्यक्ष सामाजिक कार्यकर्ता निबेन्दु मूलीले अहिले डेंगुको प्रकोप बढेको उत्तर बंगालका विभिन्न क्षेत्रमा आरजी करको विरोधमा राज्यभर यस्ता शिविर आयोजना गर्दै आएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement