उर्लाबारीको कपडा पसलमा आगलागी हुँदा २५ लाखको क्षति

IMG-20240825-WA0008

झापा: मोरङको उर्लाबारीमा कपडा पसलमा आगलागी भएको छ। आगलागीमा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनसार उर्लाबारी नगरपालिका-६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी-७ का कूलबहादुर थापाले कपडा पसल सञ्चालन गर्दै आएका थिए।
कपडा पसलको बन्द सटरभित्र आगलागी भएको उनको भनाइ छ। उनका अनुसार थापाको सत्कार किड्स एन्ड मोर कपडा पसलमा आगलागी भएको हो। आगोले पसलभित्र रहेका सबै कपडा जलेर नस्ट हुँदा २५ लाख मूल्य बराबरको क्षति भएको बस्नेतको भनाइ छ।
उनका अनुसार आगोले छेउमै रहेको अर्को फलफूल पसलमा पनि सामान्य क्षति पुगेको छ। फूलमाया श्रेष्ठको फलफूल पसलमा २० हजार मूल्य बराबरको क्षति भएको जानकारी प्रहरीले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement