सुनकोसीमा खसेको हाइलक्स भेटियो, चालकसहित ३ बेपत्ता

IMG-20240825-WA0009

झापा: सिन्धुलीको गोलोन्जोर गाउँपालिका-१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटिएको छ। नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले बताए।
खोटाङबाट काठमांडूतर्फ आउँदै गरेको हाइलक्स दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन्। जीप अबिन बाकेले चलाएका थिए।
सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन्। कक्षपतिको टाउको र पातामा चोट लागेको एसपी काफ्लेले जानकारी दिए। घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोलीले जीप निकाल्ने प्रयास गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement