झापा: तमोर नदीले बगाउँदा तेह्थुमको आठराई गाउँपालिका-५ छातेढुंगाका जीवन ओली बेपत्ता भएका छन् ।
छातेढुंगाको पिनासी घाटमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो ११ बजे १७ वर्षीय ओलीलाई तमोरले बगाउँदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार इन्स्पेक्टर बद्री दाहालले जानकारी दिए।
बेपत्ता भएका ओली घरबाट बाख्रा चराउन तमोर किनारमा गएका थिए। बेपत्ता भएका ओलीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी इन्स्पेक्टर दाहालले बताए।