लण्डन: म्यानचेष्टर युनाइटेडले ईंग्लिश प्रीमियर लीग सीजनको दोस्रो म्याचमै हारको सामना गर्नु पऱ्यो। यसबीच गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीको साथमा आर्सनल र टोटनह्याम हट्स्परले चाहिँ आ-आफ्नो म्याचमा जीत हासिल गऱ्यो। शक्तिशाली म्यानचेष्टर सिटीले शुरुमै गोल खाए पनि असाधारण पुनरागमन गर्दै इप्सविच टाउनलाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७६ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले शुरुमै गोल खायो। सामी स्जमोडिसले सातौं मिनटमा इप्सविच टाउनलाई बढ़त दिलाए। त्यसपछि चाहिँ म्यानचेष्टर सिटीले चरम आक्रामक फूटबल खेल्दै विपक्षी टीमलाई कुनै मौका दिएन। एर्लिंग हालाण्डले यादगार ह्याट्रिकको साथ सिटीलाई एकतर्फी जीत दिलाए। हालाण्डले १२औं मिनटमा पेनल्टीबाट गोल गरी स्कोर बराबरीमा पुऱ्याए। त्यसपछि उनले १६औं र ८८औं मिनटमा अझ २ गोल गरी ह्याट्रिक पूरा गरे। अन्य एउटा गोल अनुभवी केविन डी ब्रूयेनले १४औं मिनटमा छिराए। यस जीतको साथै सिटी २ वटा म्याचमा ६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो।
यसबीच म्यानचेष्टर युनाइटेडले चाहिँ ब्राइटनविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा खेलिरहेको ब्राइटनलाई डेनी वेलबेकले ३२औं मिनटमा बढ़त दिलाए। त्यसपछि एमाड डिएल्लोले ६०औं मिनटमा गोल गरी युनाइटेडलाई बराबरीमा पुऱ्याए। अन्तमा जोआओ पेड्रोले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरी ब्राइटनलाई यादगार जीत दिलाए। अहिले दोस्रो स्थानमा रहने ब्राइटनसँग २ वटा म्याचमा ६ पोइण्ट्स रहेको छ।
यसबीच आर्सनलले एस्टन भिल्लाविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा आर्सनलबाट लिएण्ड्रो ट्रोसार्डले ६७औं र थोमस पार्टेले ७७औं मिनटमा गोल गरे। आर्सनल अहिले ६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ। यसरी ड्र-को साथ प्रीमियर लीग सीजनको शुरुवात गर्ने टोटनह्याम हस्ट्स्परले पनि एभर्टनविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट सोन ह्युंग-मिनले २५औं र ७७औं मिनटमा २ गोल गरे। यसबाहेक यवेस बिस्सोउमाले १४औं र क्रिस्टियन रोमेरोले ७१औं मिनटमा गोल गरे। प्रीमियर लीगका अन्य म्याचहरूमा वेष्ट ह्यामले क्रिस्टल प्यालेसलाई २-०-ले, नटिंघम फरेष्टले साउथम्प्टनलाई १-०-ले अनि फुलह्यामले लिस्टर सिटीलाई २-१-ले पराजित गऱ्यो।