ढाका: बङ्गलादेशले पैगम्बर विरुद्धको टिप्पणीमा भारतको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ। बङ्गलादेशका विदेशमन्त्री अब्दुल मोमेनले यस सम्बन्धमा विज्ञप्ति जनाएका छन्। उनले भने, ‘दिल्लीमा भाजपा प्रवक्ताले पैगम्बरविरुद्ध टिप्पणी गरेपछि पनि हामीले यसको विरोध गर्नेहरूलाई समर्थन गरेनौं। मैले प्रधानमन्त्री शेख हसिनालाई भनेको थिएँ कि म भारत जाँदा तपाईले त्यसमा अडिग रहनुपर्छl’
विदेशमन्त्री मोमेनले बङ्गलादेश र भारत दुवैलाई राजनीतिक स्थायित्व आवश्यक रहेको र भारतले शेख हसिनाको सरकारलाई समर्थन गरे मात्रै यो सम्भव हुने बताए। उनले भने, ‘धेरैले मलाई भारतको दलाल भन्छन् किनभने जब पनि यस्तो हुन्छ, म कडा सन्देश दिँदिन। मन्त्रीले भाजपाका प्रवक्तालाई भारतमा सम्बोधन गर्ने क्रममा आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका प्रवक्तालाई निलम्बन गरिएको बताए। महिला प्रवक्ताले केही समय अघि पैगम्बरको बारेमा आपत्तिजनक टिप्पणी गरेकी थिइन् तर हामीले त्यसमा एक शब्द पनि बोलेका छैनौं। जबकि विभिन्न देशले यो टिप्पणीको कडा विरोध गरेका थिए। हामी तपाईंलाई यस प्रकारको सुरक्षा दिइरहेका छौं। यो तपाईको र हाम्रो भलाइको लागि होl’
महत्त्वपूर्ण कुरा, भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा टिप्पणी गरेपछि विभिन्न मुस्लिम देशहरूले आपत्ति जनाएका थिए। त्यसपछि भाजपाले कारबाही गर्दै नुपुर शर्मालाई पार्टीबाट निष्कासन गरेको थियो। यता, नुपुर शर्मालाई यो बयानलाई लिएर धेरै ठाउँबाट धम्की आएको छ। सामाजिक सञ्जालमा नुपुर शर्मालाई समर्थन गरेको भन्दै महाराष्ट्र र राजस्थानमा पनि दुई जनाको ज्यान गएको छ। जसका कारण नुपुर शर्मालाई कडा सुरक्षाबीच अज्ञात स्थानमा राखिएको छ।