झापा: तनहुँमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाकाे शव घटनास्थलबाट निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे प्रहरीले जनाएकाे छ। घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट काठमांडूका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो। बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ।