भारतीय शूटिंग टीम प्यारालम्पिकमा हिस्सा लिन पेरिस प्रस्थान

IMG-20240824-WA0276

नयाँ दिल्ली: टोक्योको सफलतालाई उछिन्ने दृढ़संकल्पको साथ भारतीय शूटिंग टीमले प्यारालम्पिकमा हिस्सा लिन पेरिस प्रस्थान गऱ्यो। राइफल शूटर अवनी लेखरा, मोना अग्रवाल र पिस्टल शूटर मनीष नरवालसहित १० सदस्यीय शूटिंग टीमले ३० अगस्तदेखि पेरिस नजिक शेटराउमा हुने शूटिंग स्पर्धाहरूमा चुनौती पेश गर्नेछन्। नरवालले पेरिस खेलहरूमा भारतीय शूटिंग टीमले टोक्यो प्यारालम्पिकको पदक संख्यालाई पार गर्ने भरोसा व्यक्त गर्दै शनिवार कठोर अभ्यासपछि टीम असल स्थितिमा रहेको बताए। भारतले टोक्यो प्यारालम्पिकमा शूटिंगमा २ वटा स्वर्ण, एउटा रजत र २ वटा काँस्यसहित जम्मा ५ वटा पदक जितेको थियो। टोक्योमा ५० मीटर पिस्टल (एसएच१)-मा स्वर्ण पदक जित्ने नरवालले टीमसँग प्रस्थान गर्न अघि भने, हाम्रो तयारी असल रह्यो अनि हामी पेरिसमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न तयार छौं। हाम्रो लक्ष्य आफ्नो गत प्रदर्शनलाई पार गर्नु हो अनि अधिक पदक घर ल्याउनु हो। हामी आत्मविश्वासी र तयार छौं। नरवालले पेरिस खेलहरूमा १० मीटर एयर पिस्टलमा प्रतिस्पर्धा गर्नेछन्। नरवाल, अवनी र मोनाबाहेक टीमका अन्य सदस्यहरू अमीर अहमद भट, रुद्रांक्ष खण्डेवाल, रुबीना फ्रान्सिस, स्वरूप उनहालकर, सिद्धार्थ बाबू, श्रीहर्ष देवराड़ी र निहाल सिंह हुन्। पेरिस प्यारालम्पिकमा भारतलाई पदकको सबैभन्दा धेर आशा अवनीबाट रहनेछ, जो टोक्यो खेलहरूमा २ वटा पदक जित्ने भारतकी पहिलो महिला शूटर बनेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement