दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा शनिवार २ वटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगको एकतर्फी म्याचमा दार्जीलिङ डायनामोले हर्सिंग फूटबल क्लबलाई ८-०-ले पिट्यो। विजेता टीमबाट उर्गेन शेर्पाले ह्याट्रिक गरे। उनले २८औं, ४०औं र ६१औं मिनटमा गोल गरे। यसरी रोहित तामाङले २ गोल (१०औं र १९औं मिनट) गरे। अन्य तीनवटा गोल प्रीतम सुब्बा (तेस्रो मिनट, पेनल्टी), नोरसांग तामाङ (५४औंं मिनट) र केशव चामलिंग (७५औं मिनट)-ले गरे। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको रोमाञ्चक म्याचमा टेप्सी युनाइटेड फूटबल क्लबले दार्जीलिङ स्पोर्टिंग फूटबल क्लबलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट धीरज तामाङले ३१औं र ३८औं मिनटमा २ गोल गरे। यसबाहेक तेञ्जिंगले ११औं र अभिषेक छेत्रीले ७०औं मिनटमा गोल गरे। यसरी दार्जीलिङ स्पोर्टिंगबाट अयुब सन्यासीले ३५औं, मनिष राईले २४औं र रिशाद छेत्रीले ६२औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।