गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले देशमै आफु सर्वाधिक लोकप्रिय मुख्यमन्त्री (गृह राज्यमा) चयनित बनेकोमा खुशी व्यक्त गरेका छन्। इण्डिया टुडेले गरेको मूड अफ् द नेशन सर्वेमा मुख्यमन्त्री तामाङ गृह राज्यमा देशमै सर्वाधिक लोकप्रिय मुख्यमन्त्री चयनित भएका छन्।

मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा भनेका छन्, ‘म सिक्किमका जनतालाई तपाईहरूको अतुलनीय माया र समर्थनको लागि ह्रदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईंहरूको आशीर्वादले नै मलाई पूर्ण इमानदारी र समर्पणका साथ सेवा गर्ने शक्ति र ऊर्जा दिन्छ। मेरो ‘सिक्किमे जनता’ बाट पाएको असीम माया र समर्थनभन्दा मेरो लागि कुनै पुरस्कार वा मान्यता अधिक अर्थपूर्ण छैन।’