मन्त्री अरूण उप्रेतीको आफ्नो पदबाट राजीनामा

21-10-41-SIK-1-1024x735.jpg

गान्तोक: सिक्किम सरकारको मन्त्री अरूण उप्रेतीले आफ्नो पदबाट राजीनामा दिएका छन्। तिनी सिक्किम सरकारको शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री थिए। तिनले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आफ्नो राजीनामा पत्र सुम्पिए। उनले मुख्यमन्त्रीको मिन्तोकगाङस्थित सरकारी आवास पुगेर राजीनामा पत्र सुम्पेको जानकारी उप्रेतीले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।
उल्लेख्य, हिजो मात्र सिक्किम विधानसभाका अध्यक्ष एलबी दासले आफ्नो पदबाट राजीनामा दिएको कुरा सार्वजनिक भएको थियो। यसको ठीक एक दिनपछि मन्त्री उप्रेतीले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। सूत्रहरूको कुरा मानिलिनु हो भने अरूण उप्रेतीलाई विधानसभा अध्यक्ष बनाइने छ। आगामी २२ अगस्तको दिन सिक्किम विधानसभामा अध्यक्षको चुनाउ सम्पन्न हुनेछ।
उप्रेतीले आफ्नो राजीनामा पत्रमा मन्त्रीपरिषद्को कार्यकाल अवधि मुख्यमन्त्रीबाट आफुलाई प्राप्त मार्गदर्शनका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनले जनमुखी नीतिहरू कार्यान्वयनका लागि मुख्यमन्त्रीलाई शुभेच्छा व्यक्त गर्दै उनको दूरदर्शी नेतृत्वमा सिक्किमको प्रगति हुने र सिक्किमले उच्च स्थान प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।
स्मरण रहोस्, अरूण उप्रेतीले २०१९ को चुनाउ आरिथाङ निर्वाचन क्षेत्रबाट जितेका हुन्। उनी एसकेएम पार्टीको महासचिव पनि हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement