स्यारी समष्टिको चानमारी क्षेत्रमा पूर्वाधार निर्माणका लागि विधायक तेन्जिङ लाम्ठाको निरीक्षण भ्रमण

IMG-20240824-WA0268

गान्तोक: स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ नर्बू लाम्ठाले हिजो चानमारीदेखि १४ माइलसम्म निरीक्षण गरे। उनले सडकको समस्यालाई ध्यानमा राख्दै निरीक्षण गरेका हुन्। धेरै वर्षदेखि उक्त चानमारीलाई जोड्ने सडकको बीच बीचमा खाल्डा, साथै कतिपय स्थानमा पुलको आवश्यकता रहेको कुरालाई ध्यानमा राख्दै निरीक्षण गरे। निरीक्षणको क्रममा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे, लगायत विभिन्न विभागका अधिकारीहरू पनि उनको साथमा थिए। धेरै वर्षदेखि गाडे घाउ सरह रहेको चानमारीको बाटोलाई सही ढङ्गमा बनाउन विधायक लाम्ठाले ग्रेफका कमान्डेन्ट अफिसर लगायत अन्य अधिकारीहरूलाई पनि साथमा लिएर कसरी हुन्छ यस सडकलाई ठीक गर्न सकिन्छ भन्नेबारे चर्चा परिचर्चा पनि गरे। पत्रकारहरूसँग कुराकानी गर्दै विधायक लाम्ठाले गोसखान डाँडाको सडक सबैको निम्ति चुनौती बनिरहेको बताए। उक्त स्थानमा धेरै पल्टवाहन दुर्घटना भएको घटनालाई पनि उनले उजगार गर्दै यसको स्थायी समाधानको निम्ति पहल गरेको जानकारी गराए। यसरी नै चानमारीको कतिपय स्थानहरू सिङ्किङ क्षेत्र अन्तर्गत पर्ने भएकोले यस क्षेत्रमा धेरै पैह्रौ जाने गरेकोले स्थानीयहरूलाई समस्या भइरहेको उल्लेख गरे। यस क्षेत्रमा कार पार्किङको धेरै वर्षदेखि समस्या रहेको र घरि घरि पैह्रौ जाने गरेको घटनाले पनि यहाँका मानिसहरू असुरक्षति महसुस गर्दै आइरहेका छन्। यसरी नै गान्तोक, रङगे र भुसुक (जीआरबी) सडकको अवस्था एकदम दयनीय रहेको हुनाले यसलाई अझ विस्तार गर्नुपर्ने विषयमा कुराकानी भइरहेको छ। यस सडकको बीच बीचमा पुल नभएकोले गर्दा विद्यार्थीहरूलाई आवात जावत गर्नमा धेरै असुविधा भइरहेको कुरालाई ध्यानमा राख्दै यसको समस्या समाधान हेतु पहल शुरू गर्ने आश्वासन दिए। यसरी नै भुसुकमा पुरानो पुलको अवस्था दयनीय रहेको हुनाले अब नयाँ पुल निर्माण गरिने र यसको निम्ति सबै आवश्यक सामग्री पनि ल्याइसकेको हुनाले अब शीघ्र यस पुलको निर्माण कार्य शुरू गरिने जानकारी गराए। यस पुलको निर्माण कार्य पुरा हुने देखेर गाउँलेहरूमा खुशीको लहर छाएको बताए। सोही प्रकारले मेरुङ सडक निर्माण गर्नको निम्ति सम्वन्धित अधिकारीहरूले छिट्टै सर्वेक्षण गर्ने र सडक निर्माणको निम्ति विभागले अनुमोदन पनि गरिसकेको अवगत गराए। यसरी नै हाइड्रो कम्पनी प्रति गाउँलेहरूको गुनासो रहेको जानकारी गराउँदै उक्त परियोजनाको कारण गाउँलेहरूले असुरक्षित महसुस गरिरहेको हुनाले यसको समाधान निकाल्नको निम्ति कम्पनीका प्रतिनिधिहरूसँग पनि बैठक गरेको जानकारी गराए। यसरी नै विभिन्न स्थानमा पैह्रौले धेरै क्षति पुऱ्याएको हुनाले गर्दा यसको पनि सर्वे गरेर समाधानको दिशामा पहल गर्नक निम्ति पनि आजको निरीक्षण अति नै महत्वपूर्ण रहेको बताए। निरीक्षण पछि विधायक लाम्ठाले १४ माइलका मानिसहरूसँग एक बैठक गरे र बैठकको क्रममा गाउँलेहरूले अहिलेसम्म भोग्दै आइरहेका समस्या साथै चुनौतीबारे पनि छलफल गरिएको उनले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement