डेञ्जोङ बोइस एफसी र रेड पाण्डा एफसी विजयी

IMG-20240824-WA0265

गान्तोक: यहाँको पाल्जोर स्टेडियममा सिक्किम फूटबल एसोसिएसन (एसएफए)द्वारा आयोजित बी डिभिजन एस लीगअन्तर्गत आज दुईवटा म्याच सम्पन्न भयो। पहिलो म्याच डेञ्जोङ बोइस एफसी र बोइस क्लब गान्तोकबीच खेलिएको थियो। प्रायः एकतर्फी भएको म्याचमा डेञ्जोङ बोइस एफसी-ले बोइस क्लब गान्तोकलाई 1को विरुद्ध 4 गोलले परास्त गरेर अधिल्लो चरणमा प्रवेश गऱ्यो। डेञ्जोङ बोइस एफसी-को लागि प्रयास गुरुङले दुई गोल गरे भने सुजल छेत्री र विवेक राईले एक-एक गोल गरे। अर्कोतिर बोइस क्लब गान्तोकको पक्षमा एकमात्र गोल विकास छेत्रीले गरे। प्रयास गुरुङलाई प्लेयर अफ् दी म्याच घोषित गरियो।
यसरी नै दोस्रो म्याच जोङ्ग्री एफसी र रेड पाण्डा एफसी बीच खेलिएको थियो जसमा रेड पाण्डा एफसी विजयी बन्यो। म्याचमा रेड पाण्डा एफसी-ले दुई गोल गऱ्यो भने जोङ्ग्री एफसी-ले एक गोल मात्र छिरायो। रेड पाण्डा एफसी-को पक्षमा याकुप विश्वकर्मा र प्रणिल गुरुङले एक-एक गोल गरे भने जोङ्ग्री एफसीको एक मात्र गोल विवेक छेत्रीले गरे। रेड पाण्डा एफसी-का इञ्चेन दोर्जी तामाङलाई प्लेयर अफ् दी म्याच घोषित गरियो।
भोलिको एकमात्र म्याच सञ्जु फूटबल एकाडेमी र सिङताम जुब्ली भिल्ला एफसी माझ खेलाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement