शिक्षकहरुलाई दक्ष बनाउन राजधानीमा अक्सफोर्डको कार्यशाला

IMG-20240824-WA0263

गान्तोक: अक्सफोर्ड युनिभर्सिटीले आज राजधानी गान्तोकमा राष्ट्रिय पाठ्यक्रम फ्रेमवर्कको अनुरूप शिक्षकहरूको भाषा शिक्षण सीपहरू बढाउन एक दिवसीय कार्यशाला आयोजना गऱ्यो। मुख्य गरि भाषा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिक्किममा यस प्रकारको कार्यक्रम आयोजन गरिएको हो। कार्यशालामा सिक्किमका ६ जिल्लाअन्तर्गत विभिन्न निजी स्कूलका शिक्षकहरुको बाक्लो सहभागिता थियो। कार्यशालाको सञ्चालन हैदराबादबाट आएकी सहप्राध्यापक डा. क्षमा जोसले गरेकी थिइन्। क्षेत्रीय प्रमुख अमित कुमार मारवाहाले कार्यशालाको उद्देश्यबारे प्रकाश म पारेका थिए। कार्यशालाले राष्ट्रिय पाठ्यक्रम फ्रेमवर्कको रूपरेखाभित्र अंग्रेजी भाषा शिक्षणको महत्त्वलाई जोड दिएको थियो। डा. जोसले शिक्षाको लागि विद्यार्थीहरूको संज्ञानात्मक विकासलाई मात्र होइन उनीहरूको शारीरिक, भावनात्मक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक विकासबारे पनि बताइन्। डा जोसले शिक्षालाई अगाडि बढाउन शिक्षक तालिमको महत्वपूर्ण भूमिकामा पनि जोड दिए। उनले विभिन्न चरणहरूको लागि दक्षताहरू तोड्ने र मुख्य अवधारणाहरूलाई एकीकृत गर्न नवीन विधिहरू प्रयोगबारे पनि बताइन्। यसमा विद्यार्थीहरूले सांस्कृतिक र भाषिक स्रोतहरूको लाभ उठाउने र २१औं शताब्दीको सीपहरूबारे जानकारी लिनसक्ने बताइन्। सहभागीहरुसंग अन्तरक्रिया गर्दै अमितकुमार मारवाहाले भने, कार्यशालाले ज्ञान प्राप्त गर्ने माध्यमको रूपमा र व्यावसायिक अवसरहरू सिर्जना गर्नेछ। सहभागीहरूले कार्यशालाको व्यावहारिक पक्षबारे प्रशसंसा गरेका थिए।

About Author

Advertisement