केन्द्रीय मन्त्री मण्डलद्वारा विज्ञान एवं प्रौद्योगिकी विभागको योजना ‘विज्ञान धारा’लाई स्वीकृति

00-1-PM-Modi-2-copy-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलले आज तीन प्रमुख योजना जारी राख्ने स्वीकृति दिएको छ, जसलाई विज्ञान एवं प्रौद्योगिकी विभागको (डीएसटी) एकिकृत केन्द्रीय योजना “विज्ञान धारा”मा विलय गरिएको छ।

यस योजनाका तीन व्यापक घटक छन् :

  • विज्ञान एवं प्रौद्योगिकीसित सम्बन्धित संस्थागत तथा मानव क्षमता निर्माण,
  • अनुसन्धान एवं विकास, र
  • नवाचार, प्रौद्योगिकी विकास एवं तैनाथी

१५औं आर्थिक आयोगको अवधि २०२१-२२ देखि २०२५-२६ सम्म एकिकृत योजना विज्ञानधारा कार्यान्वयन गर्न प्रस्तावित परिव्यय ₹ १०,५७९.८४ करोड रुपियाँ राखिएको छ। तीन योजनालाई एउटा योजनामा विलय गर्नुले निधिको उपयोगसित सम्बन्धित दक्षता उत्तम हुनका साथै विभिन्न उपयोजना/ कार्यक्रमबीच समन्वयन स्थापित हुनेछ।

विज्ञान धारा योजनाको प्राथमिक उद्देश्य देशमा विज्ञान, प्रौद्योगिकी अनि नवाचारसित सम्बन्धित परिवेशलाई सुदृढ बनाउने दिशामा विज्ञान एवं प्रौद्योगिकी सम्बन्धी क्षमता निर्माणका साथसाथै अनुसन्धान, नवाचार अनि प्रौद्योगिकी विकासलाई बढावा दिनुरहेको छ। यस योजनाको कार्यान्वयनले शैक्षणिक संस्थानमा पूर्णरूपले सुसज्जित अनुसन्धान एवं विकास प्रयोगशालालाई बढावा दिई देशको विज्ञान एवं प्रौद्योगिकीसँग जोडिएका बुनियादी पूर्वाधारलाई सुदृढ बनाइनेछ। यस योजनाको उद्देश्य अन्तरराष्ट्रिय मेगा सुविधासम्म पुगेर बुनियादी अनुसन्धान दिगो ऊर्जा, जल आदि क्षेत्रमा उपयोग योग्य अनुसन्धान अनि अन्तरराष्ट्रिय द्विपक्षीय अनि बहुपक्षीय सहयोगको माध्यमद्वारा सहयोगात्मक अनुसन्धान जस्ता क्षेत्रमा अनुसन्धानलाई बढावा दिनु रहेको छ। यसले विज्ञान एवं प्रौद्योगिकी परिदृश्यलाई सुदृढ बनाउन र पूर्णकालिक समतुल्य अनुसन्धानकर्ताको संख्यामा सुधारको दिशामा देशको अनुसन्धान एवं विकासको आधारलाई विस्तार गर्न महत्त्वपूर्ण मानव संसाधन पूल निर्माणमा पनि योगदान दिनेछ।

विज्ञान एवं प्रौद्योगिकीको क्षेत्रमा महिलाहरूको भागीदारी बढाउनका लागि लक्षित क्रियाकलाप गरिनेछ, जसको अन्तिम लक्ष्य विज्ञान, प्रौद्योगिकी अनि नवाचारमा महिला-पुरुष आधारित समानता ल्याउनु रहेको छ। योजनाले स्कूल स्तरदेखि लिएर उच्च शिक्षाको सबै स्तरमा नवाचारलाई बढावा दिने दिशामा लक्षित क्रियाकलापको माध्यमद्वारा उद्योग एवं स्टार्टअपका लागि पनि सरकारको प्रयासलाई सुदृढ बनाउनेछ। शिक्षाविद, सरकार तथा उद्योगबीच सहयोग बढाउनका लागि महत्त्वपूर्ण समर्थन प्रदान गरिनेछ।

विज्ञान धारा योजना अन्तर्गत प्रस्तावित सबै कार्यक्रम विकसित भारत २०४७ को परिकल्पनालाई साकार बनाउने दिशामा विज्ञान एवं प्रौद्योगिकी विभागको पाँच वर्षीय लक्ष्य अनुरूप हुनेछ। योजनाको अनुसन्धान एवं विकास घटकलाई अनुसन्धान राष्ट्रिय शोध फाउण्डेशन (एएनआरएफ) अनुरूप बनाइनेछ। यस योजनाको कार्यान्वयन राष्ट्रिय प्राथमिकता अनुरूप वैश्विक रूपमा प्रचलित मानदण्ड पालन गर्दै गरिनेछ।

पृष्ठभूमि:

विज्ञान एवं प्रौद्योगिकी विभागले देशमा विज्ञान एवं प्रौद्योगिकीसँग जोडिएका गतिविधिको आयोजन, समन्वयन र संवर्धनका लागि नोडल विभागको रूपमा काम गर्दछ। देशमा विज्ञान, प्रौद्योगिकी अनि नवाचारलाई (एसटीआइ) बढावा दिनका लागि विज्ञान एवं प्रौद्योगिकी विभागद्वारा तीन केन्द्रीय क्षेत्रको छाता योजनालाई अघिबाटै कार्यान्वित गरिँदैछ। ती हुन् – (१) विज्ञान एवं प्रौद्योगिकी संस्थागत एवं मानव क्षमता निर्माण, (२) अनुसन्धान एवं विकास, र (३) नवाचार, प्रौद्योगिकी विकास र कार्यमा प्रयोग। यी तीन योजनालाई एकिकृत योजना “विज्ञान धारा”मा विलय गरिएको छ। -पीआइबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement