दार्जिलिङ क्षेत्रको पत्रकारहरूलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान

IMG-20220819-WA0221.jpg

दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डका सचिव केशर मोक्तान अनि उप सभापति राजेश जोशीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ आज दिल्लीमा प्रदान गरिएको छ। आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत ईण्डो नेपाल फ्रेन्डसीप अवार्ड २०२२ अन्तर्गत दार्जिलिङ मङपुका पत्रकार केशर मोक्तान अनि दार्जिलिङ घुमका पत्रकार राजेश जोशीलाई उक्त उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान प्रदान गरिएको हो।

आज दिल्लीको भारतको संविधान भवनमा आयोजित एक कार्यक्रमबीच देश विदेशका पत्रकारहरू अनि समाज सेवकहरुलाई सम्मान जनाईएको थियो जसमा पश्चिम बङ्गाल राज्यबाट दार्जिलिङ जिल्लाका तीन पत्रकार दार्जिलिङ प्रेस गिल्ड सचिव साथै नेपाली दैनिक समाचार पत्रिका हिमालय दर्पणका केशर तामाङ (मोक्तान) अनि दार्जिलिङ प्रेस गिल्डको उप सभापति राजेश जोशी अनि हाम्रो न्युजका पत्रकार अमर प्रधानलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान गरिएको छ।

सोसिएल जस्टिस फर इन्टर्नेशनल सिभिल राईट्स काउन्सिलको आयोजनामा सप्पन्न भएको कार्यक्रममा दार्जिलिङको तीन पत्रकारहरूलाई सम्मान गरिएको छ। आजको कार्यक्रमको प्रमुख अतिथि आईपीएस डा. एम अब्दुल सलाम, विशिष्ट अतिथिहरुमा सीपी शाह, दिवस लामा, गोपीनाथ भेन्नरी, दिपान्जली छेत्री अनि अन्य अतिथिगणको बाहुलीबाट उक्त सम्मान प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement