महिला पहलवान काजलले जितिन् स्वर्ण पदक

IMG-20240824-WA0243

नयाँ दिल्ली: भारतले अण्डर-१७ कुश्ती वर्ल्ड च्याम्पियनशीपको महिला वर्गमा उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै अझ एउटा सफलता हासिल गऱ्यो। यसपाली काजल जोर्डनको राजधानी अम्मानमा भएको वर्ल्ड च्याम्पियनशीपमा देशलाई स्वर्ण पदक दिलाउने पाँचौं महिला पहलवान बनिन्। काजलले ६९ किग्रा वर्गको फाइनलमा युक्रेनकी ओलेकसान्द्रा रिबाकलाई ९-२-ले पराजित गरिन्। यसबीच अन्य एक भारतीय पहलवान श्रुतिकाले चाहिँ ४६ किग्रा वर्गको फाइनलमा जापानकी यू कात्सुमेको चुनौती पार गर्न सकिनन् अनि रजत पदक जितिन्। भारतकी अन्य एक पहलवान राज बालाले जापानकी मोनाका उमेकावालाई ११-५-ले पराजित गरी ४० किग्रा वर्गमा काँस्य पदक जितिन्। यसरी मुस्कानले पनि ५३ किग्रा वर्गमा काँस्य पदकको प्लेअफ्-मा अमेरिकाकी इसाबेला गोञ्जालेसलाई तक्निकी श्रेष्ठताले पराजित गरी भारतलाई अझ एउटा पदक दिलाइन्। यसबीच राजनिताले चाहिँ ६१ किग्रा वर्गमा काँस्य पदकको प्लेअफ्-मा अजरबैजानकी हिउनाई हुरबानोवाविरुद्ध हारको सामना गर्नु पऱ्यो। च्याम्पियनशीपबाट पदक ल्याउन नसक्ने उनी एकमात्र भारतीय महिला पहलवान हुन्। भारतले जम्मा ८ वटा पदकको साथ वर्ल्ड च्याम्पियनशीपमा अभियान समाप्त गऱ्यो, जसमा ५ वटा स्वर्ण पदक रहेको छ। यसमा काजलको साथमा अदिति कुमारी (४३ किग्रा), नेहा (५७ किग्रा), पुलकित (६५ किग्रा) र मानसी लाथेर (७३ किग्रा)-ले स्वर्ण पदक जितिन्। महिला पहलवानहरूकी तुलनामा पुरुष पहलवानहरूका प्रदर्शन चाहिँ निराशाजनक रह्यो।

About Author

Advertisement