खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा अन्तर कार्यालय फुटबल टुर्नामेन्ट खरसाङको मन्टिभियट खेल मैदानमा शुरु भएको छ। यस फुटबल टुर्नामेन्टको उदघाटन खेलमा
प्रमुख अतिथिको रुपमा जीटीएको खेल अनि युवा मामिला विभागको सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा पूर्व फुटबल खेलाडी भास्कर थापा उपस्थित रहेका थिए। आजको पहिलो खेलमा एआइ स्कूल अनि ग्लेनहिल स्कूलमाझ भएको छ। यस खेलमा दुवै दलमाझ निर्धारित समयमा ४-४ गोलको बराबरीमा समाप्त भएपछि पेनाल्टी शुट आउट भएको थियो। उक्त पेनल्टी शुट आउटमा ग्लेनहिल स्कूल बिजयी भएका छन्। त्यसरी नै दोस्रो खेलमा आकाशवाणी खरसाङ र खरसाङको गिद्ध पहाड जीटीएको सचिवालयमा सम्पन्न भएको छ।

यस खेलमा आकाशवाणी खरसाङले सचिवालयलाई १ गोलको विरुद्ध ६ गोलले परास्त गरेर सजिलै परास्त गरेको छ। आजको खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायकमा नितेश देवान अनि सुरेन गुरुङ, सहायकहरुमा दिव्यश्री गुरुङ अनि प्रशान्त राई र फोर्थ अफिसियलमा सञ्जय थापा अनि दावा डोमा उपस्थित रहेका थिए।