दक्षिण अफ्रिकी देश बोत्सवानामा विश्वको दोस्रो ठूलो हीरा फेला परेको छ। प्रशोधन नगरिएको यो हीरा २४९२ क्यारेटको छ। यो क्यानडाको कम्पनी लुकारा डायमण्डको बोत्सवानाको खानीबाट निकालिएको हो। यसअघि सन् १९०५ मा दक्षिण अफ्रिकामा ३१०६ क्यारेटको कुलिनन डायमण्ड भेटिएको थियो। यसलाई नौ अलग टुक्रामा काटिएको थियो। यी मध्ये धेरै इङ्गल्याण्डको शाही मुकुटमा राखिएका छन्। बोत्सवानाको केरो खानीमा विश्वको दोस्रो ठूलो हीरा फेला परेको छ। यो बोत्सवानाको राजधानी गाबोरोनबाट ५०० किलोमिटर उत्तरमा छ। बोत्सवाना सरकारले दक्षिणी अफ्रिकी देशमा पाइने यो सबैभन्दा ठूलो हीरा भएको बताएको छ। यसअघि सन् २०१९ मा बोत्सवानामा १७५८ क्यारेटको हीरा भेटिएको थियो। बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादन गर्ने देश हो। संसारको २० प्रतिशत हीरा यहाँ उत्पादन गरिन्छ।