दार्जिलिङ: बैष्णवी प्रोडक्शनको तत्वावधानमा तयार भएको चलचित्र हमजायेगाको एउटा गीत आज लोकार्पण गरियो। यसै चलचित्रका कलाकारहरू क्रमैले अरूण प्रकाश राई, हमजायेगाको भूमिका निर्वाह गर्ने जीवन गुरूङ आदिको विशेष उपस्थितिमा दार्जीलिङको दिव्यवाणी भवनमा सम्पन्न गरिएको यस गीत लोकार्पण कार्यक्रममा दार्जीलिङ साथै अन्य क्षेत्रका कैयौं कलाकार अनि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

स्व. दलबहादुर गुरूङ उर्फ हमजायेगाका जोक्सहरूमाथि आधार गरेर बैष्णवी प्रोडक्शनका निर्देशक आदित्य रायाद्वारा निर्माण गरिएको यस चलचित्रको छायांकन विनय शङ्करले गरेका छन् भने यसको सहनिर्देशिका शिवानी छेत्री हुन्। जुन चलचित्र आगामी सेप्टेम्बर महीनाको अन्ततिर हुने बैष्णवी प्रोडक्शनले बताएको छ।