पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गईरहेको रोहिणीको लाप्चे खोला पुल परिसरमा सर सफाई

IMG-20240824-WA0237

खरसाङ: वर्तमान समयमा रोहिणी र तीनधारेको नयाँ कमानलाई जोड्ने रोहिणीको लाप्चे खोला फलामको पुल क्षेत्र पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गईरहेका छन्। यहाँ धेरै टाड़ा नजिकका पर्यटकहरू साथै स्थानीय पर्यटकहरु पनि आउने गर्छन्। यहाँ पर्यटकहरुको बड्दो भीडसंगै खोलाको छेउछाउ प्लास्टिक, बियरको बोतलहरूको धेरै थुप्रो बनेको कारण आज रोहिणी प्याराग्लाइडिङ अनि एड्भेञ्चर एसोसिएसनको पहलमा सफाई अभियान सुरु गरिएको छ। यो अभियानको मूल उग्देश्य रोहिणी क्षेत्रलाई प्लास्टिकमुक्त अनि इको फ्रेण्डली बनाउने अनि अझ धेरै पर्यटकहरूका लागि आकर्षकीय क्षेत्र बनाउने रहेको छ। यसले गर्दा यहाँ धेरै रोजगारको अवसरहरू बढेर जाने बताइएको छ।

एसोसिएशनको पक्षबाट सागर गुरुङ, सुभम गुरुगाई, प्रतिक प्रधान, सनम खाती, निराज गुप्ता, कृपल थापा, राहुल थापा, अभिषेक थापा अनि अन्य सदस्यहरु उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement