झापा: खोलामा नुहाउने क्रममा डुबेर खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेलमा २ जना बालकको मृत्यु भएको छ।
बिद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङखु खोलामा नुहाउने क्रममा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।सो वडाको जनहित प्राथमिक विद्यालयमा राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटेको प्रहरी टोलीले घट्नाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।