झापा: झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी गए राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा-५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन्।
युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो। थप तीन जनाको खोजी भइरहेको बुझिएको छ।
पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए। त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए। त्यहाँ उनका अरु दुईजना साथीहरु थिए।
उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन्। घटनापछि बिहान पिडकमध्येका सुनिल राजबंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पु¥याएका थिए। उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए। तर, युवतीले उनीपनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजबंशीलाई पनि पक्राउ गरेको हो।