एसओजी द्वारा धेरै मात्रामा प्रतिबन्धित पटेका जफत

IMG_20220819_204936.jpg

सिलगढी: पुजा अगावै स्पेशल अपरेशन ग्रुप (एसओजी) ले धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गर्नको साथै घटनामा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति अरूण घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी सहरमा धेरै मात्रामा प्रतिबन्धित पटेका जम्मा गरेर राखेको गोप्य सुइँको पाएपछि एसओजीले आज दिउँसो सिलगढी थाना अन्तर्गत हकर्स कर्नरस्थित एउटा गोदाममा छापामारी अभियान चलाए। यस अवधि एसओजीले धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गरेर सिलगढी थानालाई सुम्पिदिएको छ। जफत गरेको पटेकाको बजार मूल्य लाखौँ रुपियाँ आँकेको छ। अर्कोतिर, गोदाम मालिक अरुण घोषलाई प्रतिबन्धित पटेका जम्मा गरेको आरोपमा पक्राउ गरेको छ भने भोलि शनिबार सिलगढी अदालतमा पेश गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *