सिलगढी: ‘मुख्यमन्त्रीको राजीनामा र आरजी कर प्रकरणमा पुलिस आयुक्त विनीत गोयललाई पक्राउ नगरेसम्म पीडितले न्याय पाउने छैनन्। यसका लागि राज्यमा असहयोग आन्दोलनलाई सशक्त बनाउनुपर्छ’, सिलगढीका विधायक शंकर घोषले शनिबार सिलगढीमा पत्रकारहरूसँग भेट गर्दै यसो भने। विधायक शंकर घोषले भने, ‘मैले प्रदेश विपक्षी नेता सुभेन्दु अधिकारी र प्रदेश अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्त मजुमदारलाई राज्यमा असहयोग आन्दोलन शुरु गर्न अपील गरेको छु। यस दिशामा आम जनता र सरकारी कर्मचारी अगाडी आउनुपर्छ। किनकी मुख्यमन्त्रीले राजीनामा नदिए पीडितले कुनै पनि हालतमा न्याय पाउने छैनन्।‘