करेन्ट लागेर आमा छोराको मृत्यु, बाबु अस्पतालमा भर्ना

IMG-20240824-WA0168

जलपाईगढी: राति कुखुरा फार्ममा खाना खुवाउने क्रममा एकै परिवारका तीन जनाको करेन्ट लागेर मृत्यु भएको छ। यस घटनामा आमा र छोराको मृत्यु भएको छ भने बाबुको जलपाईगढी मेडिकल कलेज एण्ड अस्पताल अन्तर्गतको सुपर स्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ। घटना शुक्रबार राति जलपाईगढी जिल्लाको बकालीमा भएको हो। स्थानीय उत्तम कविराजका परिवारका तीन सदस्य, उनका आफ्नै भाइ, श्रीमती र छोरा खाना खुवाउन घरको पोल्ट्री फार्ममा गएको बताइएको छ। तीनै जनालाई तत्कालै करेन्ट लागेको थियो। उत्तम कविराजका अर्का भाइ स्थानीयको ध्यानमा आएपछि उनलाई उद्धार गरी जलपाईगढी मेडिकल कलेजमा ल्याइयो। जलपाईगढी मेडिकल कलेजका ड्यूटीमा रहेका डाक्टरहरूले राति करिब १० बजे करेन्ट लागेर आमा छोराको मृत्यु भएको बताए। करेन्ट लागेर जलेका उत्तम कविराजका भाइ रामचरण कविराजको उपचार भइरहेको छ। मृतक गृहिणीको नाम अनिता कविराज र छोराको नाम सुब्रत कविराज रहेको परिवारका सदस्य र स्थानीय पञ्चायतले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement