नयाँ दिल्ली: शिखर धवनले क्रिकेट खेल (घरेलु र अन्तर्राष्ट्रिय दुवै)-बाट सन्न्यास लिए। उनले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा खेलबाट सन्न्यासको घोषणा गरे। यस ३७ वर्षीय ओपनिंग ब्याटरले २०१०-मा भारतको निम्ति डेब्यू गरेका थिए। उनले आफ्नो १३ सालको करियरमा भारतको निम्ति ३४ वटा टेस्ट, १६७ वटा वनडे र ६८ वटा टी२० म्याच खेले। सन्न्यासको घोषणा गर्दै धवनले भने, नमस्कार साथीहरू। आज म यस्तो मोड़मा उभिएको छु, जहाँबाट पछि फर्किएर हेर्दा धेरै यादहरू देखिन्छ अनि अघि हेर्दा पूरा विश्व। मेरो सदा एउटा लक्ष्य रहेको थियो, टीम इण्डियाबाट खेल्नु अनि यस्तो भयो पनि। यसको निम्ति म धेरैजनालाई धन्यवाद जनाउन चाहन्छु, यसमा मेरो परिवार, मेरो वाल्यकालको प्रशिक्षक तारिक सिन्हा, मदन शर्मा, जसको मार्गदर्शनमा मैले क्रिकेट सिकेको थिए। त्यसपछि मेरो टीम जसको साथ मैले सालौंसम्म खेले। एउटा नयाँ परिवार प्राप्त भयो। नाम प्राप्त भयो। साथमा धेरै माया पनि। यसको साथमा कहानीमा अघि बढ़्न पन्ना पल्टाउनु जरूरी हुन्छ। आज म त्यही गर्न गइरहेको छु। म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा गरिरहेको छु। अहिले यस यात्रालाई बिदावारी जनाउँदा मेरो मनमा आफ्नो देशको निम्ति लामो समयसम्म खेल्ने शान्ति रहेको छ। म बीसीसीआई र डीडीसीए-लाई पनि धन्यवाद जनाउन चाहन्छु, जसले ममाथि भरोसा देखाए। म आफ्ना प्रशंसकहरूलाई पनि धन्यवाद जनाउन चाहन्छु, जसले मलाई धेरै माया दिए। म आफूलाई यति नै भन्न चाहन्छु कि यो देशको निम्ति अब नखेल्ने सोचेर दुःखी नभएर देशको निम्ति यति धेर म्याचहरू खेल्ने मौका पाएको सोचेर खुशी मनाउने समय हो।
धवनले भारतको निम्ति आफ्नो पहिलो टेस्ट म्याच २०१३-मा अष्ट्रेलियाविरुद्ध मोहालीमा खेलेका थिए। उनले आफ्नो पहिलो टेस्ट ईनिंग्समै १७४ बल खेलेर १८७ रन बनाएका थिए। उनले आफ्नो अन्तिम टेस्ट म्याच २०१८-मा ईंग्ल्याण्डविरुद्ध खेलेका थिए। धवनले ३४ वटा टेस्ट म्याच खेलेर ४०.६१-को औसतले २३१५ रन बनाए। यसमा ७ वटा शतक र ५ वटा अर्द्धशतक सामेल छ। धवनको सर्वाधिक स्कोर १९० रन रह्यो। यसरी उनले आफ्नो पहिलो वनडे म्याच २०१०-मा अष्ट्रेलियाविरुद्ध विशाखापट्टनममा खेलेका थिए। उनले १६७ वटा वनडे म्याचमा ४४.११-को औसत र ९१.३५-को स्ट्राईक रेटले ६७९३ रन बनाए। यसमा १७ वटा शतक र ३९ वटा अर्द्धशतक सामेल छ। वनडेमा उनको सर्वाधिक स्कोर १४३ रन रह्यो। यसरी उनले ६८ वटा टी२०आई म्याचमा भारतको प्रतिनिधित्व गरेर १७५९ रन बनाए। यसमा ११ वटा अर्द्धशतक सामेल छ।
अन्तर्राष्ट्रिय क्रिकेटको साथमा धवनको आईपीएल करियर पनि यादगार रह्यो। उनी यस टी२० लीगको सबैभन्दा सफल ब्याटरहरूमा एक हुन्। आईपीएलमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा उनी विराट कोहलीपछि दोस्रो स्थानमा रहेका छन्। धवनले आईपीएलमा २२२ वटा म्याच खेलेर ६७६९ रन बनाएका छन्। यस अवधि उनले २ वटा शतक र ५१ वटा अर्द्धशतक बनाए। आईपीएलमा धवनको औसत ३५.२६-को अनि स्ट्राईक रेट १२७.१४-को रह्यो। धवनले १० दिसम्बर २०२२-मा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच बंग्लादेशविरुद्ध खेलेका थिए। वनडे प्रारूपको त्यो म्याच चटगाउँमा खेलिएको थियो।