मुम्बई: नानीहरूलाई असल शिक्षा दिने प्रयासहरूअन्तर्गत क्रिकेटर केएल राहुल र उनकी पत्नी अथिया शेट्टीले आयोजन गरेको क्रिकेट फर च्यारिटी कार्यक्रममा धेरैजना अन्तर्राष्ट्रिय खेलाड़ीहरूले लिलामीको निम्ति आफ्नो संग्रहणीय बस्तुहरूको योगदान दिए। च्यारिटीको निम्ति गरिएको लिलामीमा विराट कोहलीको जर्सी ४० लाख रुपियाँमा बिक्री भयो। यस लिलामीबाट जम्मा १.९३ करोड़ रुपियाँ संग्रह गरियो। कोहलीको ब्याटिंग ग्लभ्स पनि २८ लाख रुपियाँमा बिक्री भयो जबकि रोहित शर्माको ब्याट २४ लाख रुपियाँमा बिक्री भयो। लिलामीमा पूर्व कप्तान एमएस धोनीको ब्याट १३ लाख रुपियाँमा बिक्री भयो। पूर्व क्रिकेटर तथा मुख्य प्रशिक्षक राहुल द्रविड़को ब्याट ११ लाखमा बिक्यो अनि केएल राहुलको जर्सीको निम्ति पनि त्यति नै मूल्यको बोली लाग्यो। यस च्यारिटी कार्यक्रमको निम्ति भारतीय क्रिकेट जसप्रीत बुमराह, रिषभ पन्त र सञ्जु सेमसनले पनि सहायता गरेका थिए। यसरी नै जोस बटलर, क्विण्टन डी कक र निकोलस पूरन जस्ता अन्तर्राष्ट्रिय खेलाड़ीहरूले पनि यस पहलमा साथ दिए।