सिक्किम अकादमीले गरे मुख्यमन्त्रीप्रति सम्पूर्ण नेपाली भाषीहरूको पक्षमा आभार प्रकट

IMG-20240824-WA0000

गान्तोकः सिक्किम सरकारले अधिसूचनाहरू नेपाली भाषामा जारी गर्ने लिएको निर्णयलाई सिक्किम अकादमीले प्रशंसनीय बताउॅंदै राज्यका मुख्यमन्त्रीप्रति सम्पूर्ण नेपाली भाषीहरूको पक्षमा आभार प्रकट गरेको छ।

मुख्यमन्त्रीको यस कदमले नेपाली जाति मात्र नभएर विश्वव्यापी समस्त नेपाली भाषी गौरवान्वित भएको सिक्किम अकादमीले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।

प्रेस विज्ञप्तिमा गत २० अगस्त, २०२४ को दिन गान्तोकको मनन केन्द्रमा नेपाली साहित्य परिषदद्वारा आयोजित ३३औं नेपाली भाषा मान्यता दिवस पालनमा कञ्चनजङ्घा सिक्किम विश्वविद्यालयका सहायक प्राध्यापक डा. कृष्ण सापकोटाले आफ्नो वार्तामा नेपाली भाषाको मान्यता, विकास, सम्वर्द्धन आदिको चर्चा गर्दै सरकारद्वारा जारी गरिने अधिसूचना, राजपत्र, पत्र-पत्रिकामा दिइने विज्ञापन जस्ता विषयलाई नेपाली भाषामा पनि जारी गरिनु पर्ने माग सरकार समक्ष राखेको जानकारी गराएको छ।

यसै सन्दर्भमा मुख्यमन्त्री प्रेमसिहं तामाङले आफ्नो सम्बोधनमा उपर्युक्त मागबारे एक सप्ताहभित्रमा अधिसूचना जारी गर्ने वचन दिएको, तर त्यस घोषणाको चौविस घण्टा नबित्दै सिक्किम सरकारको गृह विभागद्वारा मुख्य सचिवको हस्ताक्षरमा अधिसूचना जारी गरिएको पनि सिक्किम अकादमीले विज्ञप्तिमा जनाएको छ।

सिक्किममा यदि सबैको सोच मुख्यमन्त्रीको जस्तै छिटो काम गर्ने हुनु हो भने मुख्यमन्त्रीको उदगार सुनौलो सिक्किम, समृद्ध सिक्किम बन्न धेरै समय लाग्ने छैन भनी सिक्किम अकादमीले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement