गान्तोक: सिक्किम फूटबल एसोसिएसन (एसएफए)-को बी डिभिजन एस लीग २०२४-२५ आजदेखि यहाँको पाल्जोर स्टेडियममा शुरू भयो। जम्मा आठ राउण्डमा सम्पन्न हुने लीगको पहिलो म्याच नर्दनर्स एफसी र सिक्किम बोइस एफसी बीच खेलियो जसमा नर्दनर्स एफसी १ विरुद्ध ३ गोलले विजयी बन्यो। नर्दनर्स एफसी-को पक्षमा कर्मा तोप्देन भोटियाले दुई गोल गरे भने प्रणय राईले एक गोल गरे। अर्कोतिर सिक्किम बोइस एफसी-को पक्षमा एकमात्र गोल प्रणित तामाङले गरे। कर्मा तोप्देन भोटियालाई उत्कृष्ट प्रदर्शनीको निम्ति प्लेयर एफ् दी म्याच घोषित गरियो। दिनको दोस्रो म्याच यूनिकर्न एफसी र सिनाल्चु एफसी बीच खेलियो जसमा यूनिकर्न एफसी 1को विरुद्ध 3 गोलले विजयी बन्यो। यूनिकर्न एफसी-को पक्षमा डानियल लेप्चा, सिल्भानस लेप्चा र माम प्रेम लेप्चाले गोल गरे भने सिनाल्चु एफसी-को पक्षको एकमात्र गोल यूनिकर्न एफसी पक्षबाट आत्मघाती गोल रहेको छ। यूनिकर्न एफसी-का पेम दोर्जी भोटियालाई प्लेयर अफ् दी म्याच घोषित गरियो। भोली दोस्रो दिन पनि दुईवटा म्याच खेलिने छ। पहिलो म्याच डेञ्जोङ्ग बोइस एफसी र बोइस क्लब गान्तोकबीच हुनेछ भने दोस्रो म्याच जोङ्ग्री एफसी र रेड पाण्डा एफसी बीच खेलाइनेछ।