राजगञ्ज: राजगञ्जमा राजकीय सड़क किनारमा खुट्टा बाँधेको अवस्थामा एउटा मरेको गाई भेट्टाएपछि इलाकामा हो हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले आमबारी बेलाकोवा राजकीय सड़कको बाघडुग्रा इलाकामा सड़क किनारमा खुट्टा बाँधेको अवस्थामा एउटा मरेको गाई देखेपछि यसलाई हेर्ने आउने मानिसहरूको निक्कै भीड देखापर्यो। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगे। पुलिसको सहयोगमा उक्त मरेको गाईलाई त्यहाँबाट अन्यत्र लगियो। स्थानीय पतिराम रायले बताए अनुसार यस प्रजातिको गाई इलाकामा देखिएको छैन। यस परिस्थितिमा उक्त मरेको गाईलाई यहाँ कसले ल्याएर पकिको ‘भन्ने विषयलाई लिङ्क कपिड लिएर प्रश्न चिन्ह खडा भएको पुलिसले घटनाको जाँच शुरू गरेको छ।