तिमीमा महिला सशक्तिकरणमाथि सचेतना कार्यक्रम

IMG-20240823-WA0286

नाम्ची: सिक्किम सरकारको महिला एवं बाल विकास विभागको तत्वावधानमा महिला सशक्तिकरणमाथि एक सय दिनव्यापी सचेतना अभियानअन्तर्गत एउटा कार्यक्रम आज तिमी वरिष्ठ माध्यामिक विद्यालयमा सम्पन्न भयो। कार्यक्रमको विषय सङ्कल्पः महिला केन्द्रित रहेको थियो। कार्यक्रममा तिमी नाम्फिङ्की पञ्चायत अध्यक्ष श्रीमती विनिता विष्ट मुख्य अतिथि रहेकी थिइन्। उल्लेखनीय छ, यस विशेष अभियानको उद्देश्य महिला सुरक्षा, सशक्तिकरण र संरक्षणमा अभिवृद्धि गर्नु रहेको छ।
कार्यक्रममा नाम्ची्का सीडीपीओ लक्ष्मण तामाङले भारत सरकारको महत्वाकांक्षी कार्यक्रम बेटी बचाऊ बेटी पढ़ाऊबारे जानकारी गराए। यस सम्बन्धमा उनले प्रत्येक महिला शिशुको शिक्षाको अधिकारमाथि विशेष जोर दिए। शिक्षाकै माध्यमबाट लैङ्गिक समानतालाई प्रवर्द्धन गर्नसकिने उनले बताए। यसरी नै सुरक्षा अधिकारी मेघा प्रधानले पोक्सो ऐन २०१२ बारे विस्तृत रुपमा जानकारी गराइन्। यसको साथै स्वास्थ्य विभाग तिमीकी डा. कमला परियारले प्री कन्सेप्शन र प्री नेटल डाइगोनेस्टिक टेक्निक्सबारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement