जेमी स्मिथले तोड़े ९४ साल पुरानो रेकर्ड

IMG-20240823-WA0285

ओल्ड ट्रेफर्ड (म्यानचेष्टर): विकेटकीपर ब्याटर जेमी स्मिथले आफ्नो टेस्ट करियरमा असाधारण उपलब्धि हासिल गरे। उनले ईंग्ल्याण्डको निम्ति आफ्नो चौथो टेस्ट म्याचमा पहिलो टेस्ट शतक बनाए। यसरी उनले सबैभन्दा कम्ती उमेरमा टेस्ट शतक बनाउने ईंग्ल्याण्डका विकेटकीपर ब्याटरको रेकर्ड बनाए। उनले लेस एम्सको रेकर्ड तोड़े, जसले २४ साल ६३ दिनको उमेरमा १९३०-मा पोर्ट अव् स्पेनमा वेष्ट इण्डिजविरुद्ध शतक बनाएका थिए। जेमीले २४ साल र ४१ दिनको उमेरमा शतक बनाएर एम्सको रेकर्ड तोड़े। जेमीले श्रीलंकाविरुद्ध जारी पहिलो टेस्टमा ईंग्ल्याण्डको पहिलो ईनिंग्समा १४८ बल खेलेर ८ वटा चौका र एउटा छक्काको साथ १११ रन बनाए। यस सालको शुरुवातमा वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पण गर्ने जेमीलाई श्रीलंकाई बलरहरूविरुद्ध शुरुदेखि नै सहज देखियो। जेमी दिसम्बर २०२२ पछि टेस्ट शतक बनाउने ईंग्ल्याण्डको पहिलो विकेटकीपर-ब्याटर पनि बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement