दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा शुक्रवार एउटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा युनाइटेड बड़ापत्ताबोंग फूटबल क्लब र थ्री कोन फूटबल क्लबबीच खेलिएको दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको म्याच २-२-ले ड्र रह्यो। म्याचमा युनाइटेड बड़ापत्ताबोंग एफसी-बाट सिद्धान्त गुरुङले ४१औं र उपज गुरुङले ६८औं मिनटमा गोल गरे। यसरी थ्री कोन एफसी-बाट ज्योति छेत्रीले १६औं र कुंगा वांगदी शेर्पाले ३६औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।