बालिका सामूहिक दुष्कर्मको शिकार

Child-Sexual-Abuse-Rep-Image-1-copy-3

नागाउँ: असमको नागाउँ जिल्लाको धिङ्गमा बिहीबार एक १४ वर्षीया बालिकालाई तीन व्यक्तिले सामूहिक दुष्कर्म गरेको खबर बाहिरिएपछि हंगामा मच्चियो। यस विषयमा स्थानीय बासिन्दाले चर्को विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। देशभरि दुष्कर्मका धेरै घटनाहरूको विरूद्ध विरोध प्रदर्शन भइरहेको छ, यस्तो अवस्थामा असमबाट आएको यो खबरले मानिसहरूलाई झनै हल्लाएको छ। कक्षा १० मा अध्ययनरत छात्रा बिहीबार साँझ ट्युसन क्लासबाट फर्किदै गर्दा साँझ ७ देखि ८ बजेको बीचमा तीन जना अभियुक्तले दुष्कर्म गरेको बताइएको छ। घटनाको जानकारी दिँदै पुलिसले बालिकालाई सामुहिक दुष्कर्मपछि बोरभेटी क्षेत्रमा सडक किनारमा फालेको पुलिसले जनाएको छ। करिब एक घण्टापछि स्थानीयले उनलाई नग्न र अचेत अवस्थामा फेला पारेपछि घटनाबारे पुलिसलाई खबर गरे। समाचार अनुसार बालिकालाई उपचारका लागि धिङ्ग एफआरयु लगियो। बालिकाको अवस्था राम्रो नभएको बताइएको छ। स्थानीयवासीका अनुसार ट्युसनबाट फर्किने क्रममा तीन जनाले सामूहिक दुष्कर्म गरेको बालिकाले बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement